Rule 13
दर्ता नम्बरको प्रयोग
ऐनको दफा १० को उपदफा (६) मा उल्लिखित कारोबारहरूको अतिरिक्त दर्ता भएको व्यक्तिले आफ्नो दर्ता नम्वरको प्रयोग आफूले गर्ने कारोबारसँग सम्बन्धित देहायका कागजातहरूमा समेत गर्नु पर्नेछः–
(क) आयकरसम्बन्धी कागजातमा,
(ख) बैङ्क तथा वित्तीय संस्थाहरूमा व्यापारिक तथा औद्योगिक प्रयोजनको लागि एक लाख रुपैयाँभन्दा बढी ऋृणको लागि दिइने निवेदन सम्बन्धी कागजातमा,
(ग) आयात तथा निर्यात सम्बन्धी कागजातमा ।